सबैभन्दा धेरै सञ्चारकर्मी भएको देश रूस

२०७० कार्तिक २२ गते, शुक्रबार

काठमाडौं । रूसमा संविधान जारी भएको २० औं वर्षपुगेको उपलक्ष्यमा रूसी सांसकृतिक केन्द्र कमल पोखरीमा सञ्चार माध्यम र नागरिक समाजको भूमिका विषयमा अर्न्तत्रिक्रया कार्यक्रम सम्पन्न भएको छ । रूसी सांस्कृतिक केन्द्र र नेपाल पत्रकार मञ्च को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथिमा मनिस्टर काउन्स्युलर भालोरी आनिस्किन रहेका थिए भने अन्य अतिथिमा रूसी कल्चर सेन्टरका निर्देशक स्तानिस्लभा सिमाकोभ, अन्तोन मास्लोभ,पूर्व रूसका लागि नेपालका राजदूत हिरण्यलाल श्रेष्ठ, वरिष्ठ राजनीतिज्ञ कृष्णराज वर्मा र नेपाल पत्रकार मञ्चका अध्यक्ष नीरञ्जन ओझा रहेका थिए ।संविधान निर्माणमा सञ्चार माध्यम र नागरिक समाजको भूमिका विषेक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजदूत श्रेष्ठले विश्वमा सबै भन्दा धेरै लगभग एकलाख भन्दा पनि अधिक सञ्चारकर्मी भएको देश रूस हो भन्ने कुराको जिकिर गरेका थिए । यसै मामिलामा अधिक सञ्चारकर्मी भएको देश चीन र तेस्रोमा अमेरीका रहेको पनि जानकारि दिएका थिए । संविधान निर्माणमा सञ्चार माध्यमको र नागरिक समाजके ठूलो भूमिक रहेको पनिबताएका थिए । वर्तमाको अवस्थामा नेपालमा संविधानसभाको निर्वाचन र संविधानको कुरा चर्चाको विषय भएको छ । तर, सबैकुराको विषयमा यदि आकलनगरेर भन्नु पर्ने हो भने नेपालमा एकसय भन्दा पनि बढी जनजाती रहेका छन् ,त्यसैले उनि सबैलाई जातीयताको हिसाबमा राज्य दिन सक्ने सम्भावना समेत पनि नरहेको श्रेष्ठको भनाई रहेको थियो । धेरै राज्यले मुलुक धान्न नसक्ने समेत उनको तर्क थियो । त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिज्ञ वर्माले नेपालको आर्थिक, समाजिक र राजनीतिक विकासमा विगत देखि लगातार रूसको ठूलो योगदान रहिआएको र भावी दिनहरूमा पनि त्यो योगदान अझझन् प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए । सञ्चार माध्यम र नागरिक समाज स्वतन्त्र र विष्पक्ष हुनु पर्ने तर्क वर्माले राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि आनिस्किनले रूसमा १९९३ मा संविधान निर्माण भएको जानकारि गराएका थिए । संविधानले नै मूलुकको भाग्य निर्माण गर्ने भएकोले सबै नेपालीलाई चाडै संविधान निर्माण गर्नको लागि अग्रीम शुभकामना दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार मञ्चका अध्यक्ष ओझाले नेपाल पत्रकार मञ्च राजनीतिबाट मुक्त रहेको पत्रकारहरूको साझा संगठनको रूपमा नेपाल पत्रकार मञ्च रहेको जानकारि गराएका थिए । नेपाल पत्रकार मञ्चको विषयमा संक्षिप्तमा कुरा गर्दै ओझाले मञ्चको अहिलेसम्म धेरैजसो मुख्य जिल्लाहरूमा नेपाल पत्रकार मञ्चक च्याप्टर गठन भइसकेक र आगामी दिनमा नेपालका पचहत्तरै जिल्लाहरूमा यसका च्याप्टरहरू गठन गर्ने
कार्य भइरहको बताउदै अहिले सम्म यस मञ्चमा लगभग सातसय भन्दा पनि बढी पत्रकारहरू संगठित भइसकेको जानकारी गराएका थिए । साथै रूसमा संविधान जारी भएको २० औं वर्षपुगेको उपलक्ष्यमा रूसी जनातलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]