आज दाङ, बाँके र बर्दिया बन्द

गुलरिया , २४ कात्तिक। नेकपा-माओवादीले आज बर्दिया बन्दको आहृवान गरेको छ । काँग्रेस सभापति सुशील कोइराला आज बर्दियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएपछि माओवादीले बर्दिया बन्दको आहृवान गरेको हो ।प्रमुख चार दलका प्रमुख नेताहरु चुनवा प्रचार-प्रसारका लागि बर्दिया प्रवेश निषेधको घोषणा गरेको माओवादीले काँग्रेस सभापति कोइराला आउन लागेकाले जिल्लामा यातायात बन्दको आव्हान गरिएको नेकपा-माओवादी बर्दियाले जनाएको छ ।माओवादी बर्दियाका इन्चार्ज द्रब्य शाह ‘सुमन’ले एक प्रेस विज्ञप्ती जारी गरी कात्तिक २४ गते जिल्लाका छोटो वा लामो दुरीका बस, ट्रक, जीप र मोटरसाइकल लगायत सम्पूर्ण यातायात बन्दको आव्हान गरिएको उल्लेख गरेका छन् । नेकपा-माओवादी लगायत ३३ दलद्वारा पूर्व घोषित आम हडतालसहित सबै कार्यक्रम याथावत रहेको पनि विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी , एकीकृत नेकपा माओवादीको मेची महाकाली अभियानलाई अवरोध पुर्याउन नेकपा–माओवादीले आज दाङ र बाँके बन्द आह्वान गरेको छ ।एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली मेची महाकाली अभियान लिएर दाङ हुँदै बाँके जाने कार्यक्रम तय भएपछि त्यसलाई अवरोध गर्न बन्द आह्वान गरिएको हो । नेकपा – माओवादीले चक्काजाम दिउँसो २ बजेसम्म गर्ने बताएको छ ।नेकपा–माओवादीको चक्काजामका कारण विहानैदेखि दाङमा गाडी चलेका छैनन् । विहान ७ बजेदेखि नेकपा–माओवादीले दाङमा चक्काजाम गरेको हो । बजार, पसल, कलकारखाना र शैक्षिक संस्था भने बन्द नगर्ने नेकपा माओवादीले जनाएको छ ।