यात्रुबाहक बस तोडफोड, मोटरसाइकलमा आगजनी

२०७० कार्तिक २९ गते, शुक्रबार


काठमाडौं, गोरखामा एउटा यात्रु बाहक बसमा अज्ञात समुहले तोडफोड गरेका छन् भने एउटा मोटरसाइकमा आगजनी गरेका छन्।नकाव लगाएर आएका तीन जनाको समुहले गोरखाको पालुङटारमा हुने चुनाबी सभामा जान लागेका कांग्रेसका कार्यकर्तालाई जबरजस्ती झारेर ना ३ ख ७७६८ नम्बरको बस तोडफोड गरेका हुन्।झण्डै ६० जना कांग्रेस कार्यकर्ता चढेको बसलाई बिहान ११ बजे धुवाँकोट ७ ढुंगेटारीमा रोकेर बहिस्कारवादीले तोडफोड गरेको रातमाटा प्रहरी चौकीले जानकारी दिएको छ ।यसैगरी , नायारणगढबाट गोरखा आउँदै गरेको बा ४१ प १४७२ नम्बरको मोटरसाइकल जलाइएको छ।चालक गोरखा आरुघाटका प्रितम श्रेष्ठलाई झारेर बन्दकर्ताले गोरखा नगरपालिका ११ को स्याउलीबजारमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ।आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]