एमाओवादी सभामा बम बिष्फोट
भोजपुर,१ मंसिर । एकीकृत माओवादीको भोजपुरको चुनावी सभामा अज्ञात समुहले बम बिष्फोट गराएको छ । शनिवार दिउँसो भोजपुरको पूर्वी जरायोटारमा क्षेत्र नम्बर १ मा भइरहेको चुनावी सभा विथोल्न अज्ञात समूहले बम विस्फोट गराएको हो ।भोजपुर क्षेत्र नं १ का एमाओवादी प्रत्यक्ष उम्मेदवार खेम नेपाली सहित नेता तथा कार्यकर्ताको टोलीमाथि दुई जनाको संख्यामा आएका अज्ञात व्यक्तिले कार्यक्रम स्थलमा बम प्रहार गरेका हुन् । प्रहार गरिएको २ वटा मध्ये एउटा बममात्र बिष्फोट भएको र मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शीहरुले जनाएको छन् ।