निर्वाचनमा धाँधली भएको भए अदालत जानुस्:उप्रेती
काठमाडौं, १२ मंसिर– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनमा धाँधली भएको भए संविधानसभा निर्वाचन अदालतमा जान सुझाव दिएका छन् ।एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा उप्रेती अदालत जान भनेका हुन् । ज्ञापनपत्र बुझाउन एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सम्मिलित सबै दलका शीर्ष नेताहरु आयोग पुगेका थिए ।
निर्वाचनमा भएको धाँधली निर्वाचन आयागले छानबिन गर्न नमिल्ने र नगर्ने भन्दै अदालतको बाटो देखाएका हुन् । निर्वाचनको मतपरिणाम पूर्वनियोजित भएको भन्दै १४ दल सम्मिलित गठबन्धनले आयोगको तर्फबाट पनि धाँधलीको छानबिन हुनुपर्ने भन्दै पुनरावलोकनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।