आजबाट विषादी प्रयोग मुक्त सप्ताह सुरु

२०७० मंसिर १८ गते, मंगलवार


काठमाडौं, १८ मंसिर । ‘नगरौं घातक विषादीको प्रयोग, यसले गर्छ जीवनको विजोग’, भन्ने नाराका साथ आजदेखि नेपालमा विषादी प्रयोग मुक्त सप्ताह सुरु भएको छ । साताब्यापी अभियानको पहिलो दिन आज राजधानीको वसन्तपुरवाट विषादी जनचेतना -याली निकालियो । सन १९५२ मा पहिलोपल्ट मलेरिया नियन्त्रणको लागि नेपालमा विषादी भित्राइएकोमा अहिले खाद्य तथा तरकारी बालीमा अत्यधिक मात्रामा प्रयोग गर्न करोडौ रुपैया बराबरको विषादी आयात गर्ने गरिएको छ ।
खाद्य तथा तरकारीमा बढ्दो विषादी प्रयोगले क्यान्सरलगायतका रोगहरुको खतरा बढाएको विज्ञहरुले बताएका छन् । रसायनिक पदार्थबाट बनाईएका विषादी हानिकारक किरा मार्न र कृषि बाली संरक्षणमा उपयोगी भए पनि यसको जथाभावी प्रयोगले पछिल्लो समय यो मानव सुरक्षाकै चुनौतिको रुपमा देखा परेको विज्ञहरुको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]