महानगर १९ औं स्थापना दिवस मनाउदै

२०७० मंसिर २९ गते, शनिबार


काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले आज १९ औं महानगर दिवस मनाउँदैछ ।दिवसको अवसरमा महानगरपालिकाले विविध कार्यक्रमको आयोजना गर्दै छ । माहानगरपालिकाको विविध गतिविधिलाई समेटेर १९औं महानगर दिवस स्मारिका २०७० पनि प्रकाशन गरिने भएको छ ।विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा महानगरवासीको इच्छाअनुसार सेवा सञ्चालनमा कठिनाई भैरहेको माहानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिका वि.सं. २०५२ साल मंसिर २९ अर्थात् आजैका दिनमा स्थापना भएको हो । स्थापना दिवसको अवरमा शुभकामना दिँदै संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले महानगरपालिकाले अगाडि सार्ने जनमुखी विकास र सु–शासनका काममा मन्त्रालयले सदैव सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]