फेरी सीमा मिचियो

२०७० मंसिर ३० गते, आईतवार


काठमाडौं,३० मंसिर । भारतले नेपालको पुर्बी क्षेत्रमा पुन सिमा मिचेको छ ।सिमा मिच्ने क्रममा ताप्लेजुङ र भारतको सिमानामा रहेको ३२ नम्बरको सीमा स्तम्भ पहिले गडिएको स्थानबाट करिब दुई मिटर नेपाली भूमिमा सारिएको पाइएको छ । सीमा स्तम्भ सार्न र चोरी, तस्करी बढ्न थालेपछि स्थानीयले भारतको ताप्लेजुङसँग जोडिएको पूर्वी सीमावर्ती कालीखोला गाविसदेखि इलामको जिर्मलेसम्मको १ सय ३१ किलोमिटर सीमामा बोर्डर आउट पोस्ट अर्थात बिओपी राख्नुपर्ने माग गरेका छन् । भारतीयले स्तम्भ नेपाली भूमिमा सारेको स्थानीयको भनाइ छ । ताप्लेजुङका शिक्षक किशोर राईका अनुसार पहिले दुई मिटर पर भएको सीमा स्तम्भ नेपालतर्फ सारिएको छ । भारतीय पक्षले बारम्बार सीमा अतिक्रमण गर्न थालेपछि ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका सीमावर्ती इलाकामा पनि बिओपी राख्नुपर्ने उनीहरुको माग छ ।
ताप्लेजुङको ४५, इलामको ४४ र पाँचथरको ४२ किलोमिटर खुल्ला सिमाना छ । देशका ८७ ठाउँमा बिओपी स्थापना भएपनि मेचीको पहाडी सीमामा भने राखिएको छैन । सीमा स्तम्भ सारिएको विषयमा जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सीमा सारिएको बारे आफूलाई जानकारी नभएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]