चिनियाँ टोली फर्किदै
काठमाडौ, ५ पुस । गतमंगलबार  नेपाल भ्रमणमा आएको चीनको उच्चस्तरीय राजनीतिक टोली आज स्वदेश फर्किने भएको छ ।स्वदेश फर्किनु अघि राजनीतिक भेटवार्ता जारी राखेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य एवम् एसिया तथा प्रशान्त क्षेत्र मामिलासम्बन्धी उपमन्त्री आई पिङको टोलीले  नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेकपा माओवादीसँग छलफल गरेको थियो  ।  चिनियाँ टोली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
