विश्वकप ट्रफी नेपाल ल्याइदै
काठमाडौं, ६ पुस । विश्वकप ट्रफी प्रदर्सनको लागि आज नेपाल ल्याइदै छ ।‘फिफा वल्र्डकप ट्रफी टुर’को टोलीले आज भुटानबाट फिफको ट्रफीलाई नेपाल भित्र्याउनेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार ट्रफी बोकेको विमान आज रमति साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।पहिलोपठक नेपाल भित्रिने विश्वकप ट्रफी सिमित व्यक्तिले मात्रै हेर्न पाउने भएका छन् ।
एन्फा र कोकाकोलाले खेलाडी र पदाधिकारीलाई मात्रै अवलोकनको अवसर दिएको छ । कोकाकोलाले आफ्नो उत्पादन खरिद गरी कुपन प्राप्त गरेका सिमित उपभोक्तालाई टिकट उपलब्ध गराएको छ ।सर्वसाधारणले टिकट किनेर पनि ट्रफी हेर्न पाउने छैनन् । त्यस्तै एन्फा र कोकाकोलाले सिमित पत्रकारलाई मात्रै पास वितरण गरेको बताइएको छ ।