समाजवादी पत्रकार र उत्तर कोरीयाको कन्सुलर रिम बीच भेट

२०७० पुष ८ गते, सोमबार

काठमाण्डौ, ८ पुस – अन्तराष्ट्रिय समाजवादी पत्रकार मञ्चले समाजवादी मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्ने बताएको छ । मञ्चले सोमबार उत्तर कोरीयाको नेपाल स्थित राजदुतावासका कन्सुलर रिमसँगको भेटघाटमा सो जानकारी दिएको हो । कन्सुलर रिमले अमेरीकी साम्राज्यवादले अफवाह फैलाए जस्तो देश उत्तर कोरीया नभएको दावी गरेका थिए ।उनले नेपालका समाजवादी पत्रकार मञ्चका अध्यक्ष दिपेन्द्र रोकाया , उपाध्यक्ष चेतन कुवर , रेडियो मिर्मिरेका स्टेसन म्यानेजर पुस्कर श्रेष्ठ , क्षेप्यास्त्र साप्ताहिकका सम्पादक राजेन्द्र चिमौरिया लगायत मञ्चका पदाधीकारीहरुसँग सवाद डवलीमा भएको छलफलमा भने “ हाम्रो देशको वास्तविकता हेर्न जानुस् सबै कुरा थाहा हुने छ ” ।
उत्तर कोरीयामा किम जोङ उनले शासन भार आफ्नो हातमा लिएको दुई वर्ष पुग्न लागेको पूर्व सन्ध्यामा सो छलफल भएको थियो । मञ्चका अध्यक्ष दिपेन्द्र रोकायाका अनुसार सबै खाले समाजवादी देशहरुसग मञ्चले नेपालको हितका लागि सम्पर्क र सम्बन्ध बिस्तार गर्ने बताए ।
सोही अवसरमा कोरीयाली जनजीवनसग सम्बन्धित डकुमेन्ट्री फिल्म पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]