संबिधानसभा भंग गर्नुपर्छ : बादल
                
काठमाडौ, पुस ९ – नेकपा-माओवादी महासचिव रामबहादुर थापा बादलले वर्तमान संबिधानसभा भंग नगरेसम्म  नेपालको समस्या समाधान नहुने बताएका छन् ।
नेपालगन्जका पत्रकारसगको भेटमा  बादलले दोस्रो संबिधानसभा निर्वाचनमा जनताले राजनीतिक दललाइ दिएको जनमत र निर्वाचनको उक्त बिधि लोकतान्त्रिक प्रकृया नभएको  दाबि गरे  ।दलहरुको राजनीतिक सभाबाट समस्याको समाधान खोज्नु पर्ने पक्षमा  बादल देखिएका थिए । ‘हरेक निर्वाचन प्रकृया लोकतान्त्रिक हुदैनन्’,  बादलले भने,’अरु विधि र प्रकृया पनि लोकतान्त्रिक हुन्छन । त्यसैले अब विधी परिवर्तन गर्नु जरुरी छ ।’थापाले राजनीतिक सभाका लागि केही दलहरुसँग छलफल भइरहेको बताएका छन । तर यस बारेमा काँग्रेस, एमाले र एमाओवादीसँग भने छलफल नभएको  बादलले बताए ।
