हिन्दु राष्ट्र माग गर्दै सिरहा बन्द
काठमाडौं,१३ पुस ।नेपाललाई हिन्दु राष्ट्र घोषणा हुनु पर्ने मांग गर्दै शनिबार सिरहा बन्दको आह्वान गरिएको छ ।गौवंश हत्या सर्वत्र वन्द गरियोस् र नेपाललाई संवैधानिकरुपमा हिन्दू राष्ट्र घोषणा गरियोस् भन्ने माँग सहित बन्दको अह्वन गरिएको बैदिक सनातन हिन्दू तथा गौवंश संरक्षण संधर्ष समिति, सिरहाले जनाएको छ ।गत मंगलबारदेखि सिरहाको लहान स्थित सहिद चौकनजिक पंडित श्रीनिवास आचार्य लगायतका व्यक्तिहरुले अनसनमा बसेका छन् ।