सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना

२०७० पुष १५ गते, सोमबार

काठमाडौ, १५ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने ५० हजारभन्दा बढी राष्ट्रसेवक कर्मचारीलाई कानुनअनुसार जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले यसै साता विभिन्न तहका सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको सार्वजनिक गरेको थियो । अख्तियारले आइतबार विज्ञप्ति जारी गरी उनीहरूलाई ३० दिनभित्र ५ हजार रुपैयाँका दरले जरिवाना अनिवार्य रूपमा तिराउन सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिएको छ ।अख्तियारले सबै मन्त्रालय र निकायलाई उनीहरूलाई ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन लगाउनसमेत निर्देशन दिएको छ । त्यतिभित्र पनि विवरण नबुझाउने राष्ट्रसेवकहरूमाथि छानबिन गरी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]