कांग्रेस राष्ट्रिय मेलमिलाप दिवस मनाउदै
काठमाडौं, १६ पौष । नेपाली कांग्रेसले आज वीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाउंदै छ । नेपाली कांग्रेसका संस्थापक नेता वीपीले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आव्हानसहित स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।तत्कालीन पञ्चायती ब्यवस्थाले आफुविरुद्ध लगाएका विभिन्न मुद्धाको पर्वाह राष्ट्रिय एकता र मेलमिलापको माध्यमद्धारा देशको स्वाभिमान बचाउने उद्घोषका साथ वीपी स्वदेश फर्किएका थिए ।
प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताप्रति चिन्तित बन्दै नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भुमीमा बसेर संघर्ष गर्नुभन्दा आफ्नै देशमा राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसंग मेलमिलाप गर्नुपर्ने मान्यताका साथ स्वदेश फर्किएका थिए ।
बीपी स्वदेश फर्किएपछि भएका विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तको लागि बाटो सहज बनाएको विश्लेषण गर्ने गरिएको छ ।