पार्टीको नेतृत्व फेर्नुपर्छ: पौडेल
काठमाडौ, २० पुस – एकीकृत नेकपा माओवादीका पूर्व पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल सुनिलले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएका छन् ।रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा नेता डा.बाबुराम भट्टराई निकट मानिने नेता पौडेलले नेतृत्व र नीति असफल भएकाले अब नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको बताए ।
उनले संविधानसभा चुनावको परिणामले नेतृत्व असफल देखाएकोले अब पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रुपमै प्रवेश गरेको भन्दै अबको केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको मुद्दामा बहस हुने बताए । पौडेलले अब नयाँ पुस्ता नेतृत्वका लागि तयार हुनुपर्ने बताए ।
महाधिवेशनमा दुई कार्यकालभन्दा बढी नेतृत्व गर्न नहुने आवाज उठेर समिति नै गठन भएको भन्दै अब त्यसको औचित्य पुष्टि भएको जिकिर गरे ।समानुपातिक सभासद चयन प्रक्रियामा संस्थागत निर्णय नमिले पनि पार्टी भने फुट्न भने नदिने पौडेलको भनाई छ ।