राष्ट्रपतिको परामर्श जारी

२०७० पुष २२ गते, सोमबार


काठमाडौँ ,२२ पुस।राष्ट्रपति रामवरण यादवले आज पनि राजनीतिक दलहरुसँग परामर्श जारी राख्ने भएका छन् । ठूला साना सबै दलका शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएर छुट्टा छुट्टै भेटेर यादवले संविधानसभाको पहिलो बैठक आह्वान राष्ट्रपतिबाटै गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउदै आएका छन् ।
राष्ट्रपति यादवले आज सोमबार संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई र दलिज जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानसँग छलफल गर्दैछन् ।
गत मंसिर चार गते संविधानसभा निर्वाचन सकिए पनि पहिलो बैठक बस्ने टुंगो अझै लागेको छैन । पहिलो बैठक राष्ट्रपतिले बोलाउने की प्रधानमन्त्रीले भन्नेमा विवाद छ ।

प्रतिक्रियाहरु

[anycomment]