अपाङ्गमाथि प्रहरीको दमन

२०७० पुष २४ गते, बुधबार


काठमाडौ,२४ पुस – राष्ट्रिय अपाङ्ग महासंघले आज सिंहदरवार अगाडि गरेको प्रदर्शनमाथि प्रहरीले दमन गरेको छ । प्रहरीको बल प्रयोगबाट अपांगता भएका केही व्यक्तिलाई चोट लागेको छ । संविधानसभामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।दलहरुले पेस गरेको समानुपातिक सूचीमा समेत एकजना पनि अपाङ्ग नपरेको भन्दै उनीहरु अब सरकारले मनोनित गर्ने २६ जना सभासदमा कम्तीमा ४ जना अपाङ्गता भएको व्यक्ति राख्नुपर्ने माग गरेका छन् । भृकुटी मण्डप, भद्रकाली मन्दिर हुँदै व्हिल चेयर सहितको अपाङ्गहरुको जुलुस सिंहदरवारको पश्चिमी गेट तर्फ बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]