माओवादीले विकल्प रोज्ने : विप्लव

धनकुटा, २९ पुस। नेकपा – माओवादीका सचिव नेत्रबिक्रम चन्द विप्लवले संबिधानसभा खारेज गरी सर्वपक्षीय गोलमेच सभाको गठन नगरे आफूहरुले बैकल्पिक वाटो रोज्ने चेतावनी दिएका छन् ।विप्लवले दोस्रो संबिधानसभा संसदीय व्यबस्थाका पक्षधरलाई अगाडी ल्याउन गरिएको नक्कली संस्था मात्र भएको आरोप लगाएका छन् ।धनकुटा सदरमुकाममा आज सञ्चारकर्मीहरुसित कुरा गर्दे विप्लवले जनता र नेकपा – माओवादीलाई धोखा दिएर गराइएको दोस्रो संबिधानसभाको निर्वाचन प्रतिगमनकै अर्को रुप भएको बताए ।उनले भने ‘१२ बुँदे शान्ती सम्झौतासहित सम्पुर्ण विधी र प्रक्रिया मिचेर अन्तर्राष्ट्रिय समुदायको षड्यन्त्रमा आफ्नो पार्टीलाई धोका दिई दोस्रो संबिधानसभा गठन गरिएको हा ।’ उनले संसदवादी दलहरुले एकलौटी रुपमा संसदीय व्यवस्था लाद्न खोज्नु आफूहरुलाई जनवादी सत्तामा धकेल्नुजस्तै भएको बताए ।