ललितपुरमा गोली चल्यो

२०७० माघ ४ गते, शनिबार


काठमाडौं, ४ माघ । ललितपुरको धापाखेल हाइटमा अज्ञात समूहले चलाएको गोली लागेर २ जना स्थानीय युवा घाइते भएका छन् । घाइतेमध्येका एक नेपाली कांग्रेसका समानपातिक उम्मेद्वारसमेत हुन् ।अज्ञात समूहले शनिबार विहान गोली प्रहार गर्दा कांग्रेस कार्यकर्ताहरू मीनकृष्ण महर्जन र मिलन सिलवालको तिघ्रामा गोली लागेका हो । गोली लागेर घाइते दुवैको बिएन्डबी अस्पतालमा उपचार भइरहेको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामदत्त जोशीले बताए ।
स्रोतका अनुसार घाइतेमध्येका महर्जन नेपाली कांग्रेसका समाानुपातिक तर्फका उम्मेद्वारसमेत हुन् । ललितपुरका ‘डन’ का रुपमा चिनिने उनलाई हेर्न कांग्रेस नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह ललितपुरको बीएण्डबी हस्पिटल पुगेका छन् ।घटनापछि प्रहरीले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट २ वटा गोलीका खोका, एउटा तरबार र ४ थान मोटरसाइकल पनि बरामद गरेको छ ।घटनाको अनुसन्धान जारी रहेकाले गोली प्रहारमा संलग्नको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]