सर्वोच्चको आदेश चिकित्सकद्वारा उल्लंघन

२०७० माघ ७ गते, मंगलवार


काठमाडौं ,७ माघ- चितवन ।सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै चिकित्सकले अस्पताल बन्द गर्दै आन्दोलन जारी राखेका छन् ।त्रिवि कार्यकारी परिषदले गरेको डिन नियुक्तिको विरोध गर्दै सात सुत्रिय मागसहित अनशन बसेका डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले आन्दोलन जारी राखेका हुन् ।सर्वोच्चले हिजो आन्दोलन फिर्ता लिएर काममा फर्कन भन्दै आदेश दिएको थियो । अत्यावश्यक सेवामा रोकतोक गर्न नहुने भन्दै सर्वोच्चले एक घण्टाभित्र अस्पतालका सबै सेवा सुचारु गर्न आदेश दिएको हो ।तर, चिकित्सकहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म अदालतको आदेश पनि नमान्ने भन्दै अस्पताल ठप्प पारेका छन् । अस्पताल ठप्प हुँदा विरामी तथा अन्य सर्वसाधारण निकै मर्कामा परेका छन् ।सर्वोच्चको आदेश पालना नगरे आन्दोलनरत चिकित्सकहरुलाई मानहानीको मुद्धा समेत लाग्न सक्ने भए पनि चिकित्सकहरु काममा फर्केका छैनन् ।
यसैबीच , आमरण अनसनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षासहित ७ सुत्रिय मागप्रति ऐक्यबद्दता जनाउँदै चितवनका चिकित्सकहरुले भोकहड्ताल सुरु गरेका छन् ।नेपाल चिकित्सक संघ चितवनले भरतपुर अस्पताल परिसरमा रहेको संघको कार्यालयमा २४ घण्टे भोकहड्ताल सुरु गरेको हो। नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. कृष्ण पौडेलले चिकित्सहरुले उठाएका जायज मागहरु सम्बोधन गर्नेतर्फ सरकार अग्रसर नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए ।
२४ घण्टे भोकहड्तालमा डा. कृष्ण पौडेल, डा. भोजराज अधिकारी, डा.शंकर ढकालसहित चिकित्सकसंघ चितवन शाखाको कार्यसमितिमा आवद्ध १३ जना चिकित्सकहरु बसेका छन् । अस्पतालको सेवा सुचारु गर्न सर्वोच्चले दिएको आदेशको कुनै अर्थ नभएको भन्दै चितवनका डाक्टरहरुले त्यसप्रति कुनै टिप्पणी गर्न नचाहेको बताएका छन्।आवश्यक परे राजीनामा दिन तयार रहेको भन्दै चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. कृष्ण पौडेलले तत्काल समस्या समाधानका लागि राज्य गम्भिर बन्नुपर्ने बताए । चिकित्सहरुको आन्दोलनका कारण आजपनि चितवनका सरकारी तथा निजि अस्पतालरु बन्द रहेका छन् ।यस्तै अस्पतालको ओपीडी सेवा तत्काल सञ्चालन गर्न माग गर्दै विपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा विरामीका आफन्तहरुले प्रर्दशन गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]