द्वन्द्वपीडित महिलाको भेला सुरुहुदै

२०७० माघ ८ गते, बुधबार

काठमाडौ, ८ माघ – द्वन्द्व पीडित महिलाको राष्ट्रिय भेला आजदेखि ललितपुरको जाउलाखेलमा सुरु हुँदैछ ।३ दिनसम्म चल्ने उक्त भेलामा विभिन्न ३५ जिल्लाका द्वन्द्वपीडित महिलाहरु सहभागी हुँदैछन् ।द्वन्द्वका बेला विभिन्न प्रकारका हिंसा भोग्न बाध्य पारिएका महिलाहरुको समस्या अहिलेसम्म पनि सम्बोधन हुन नसकेकाले समस्या उजागर गरी राष्ट्रिय स्तरसम्म पुर्‍याउन भेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला अधिकारकर्मीहरुले बताएका छन् ।
देशभरका द्वन्द्व पीडित महिलाको साझा सवाललाई उजागर गरी सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउनु भेलाको मुख्य उद्देश्य भएको अधिकारकर्मी लिली थापाले बताउनुभयो । सरकारले द्वन्द्व प्रभावितहरुका लागि विभिन्न शीर्षकमा स्रोत परिचालन गरेपनि महिलाहरु त्यसबाट बञ्चित भएका उहाँको भनाई छ ।
उहाँका अनुसार भेलामा द्धन्द्धका बेला घाइते भएका, परिवारको सदस्य गुमाएका, पूर्व लडाकु, तराईमा आन्दोलनका बेला हिंसामा परेका र लैंगिक हिंसामा परेका महिलाहरुका समस्याका बारेमा बृहत छलफल हुनेछ । संकल्प नेपाल र एकल महिला समूहको आयोजनामा भेला हुन लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]