अन्सारी पुन नक्कली भारुसहित समातिए

२०७० माघ ११ गते, शनिबार


काठमाडौ, ११ माघ- युनुस अन्सारीलाई उनकै निवासबाट नेपाल प्रहरीको विशेष व्यूरोले ३५ लाख भारुसहित पक्राउ गरेको छ । उनीसहित अन्य दुई व्यक्तीसमेत पक्राउ परेका छन् ।अन्सारी यसअघि नक्कली भारुको कारोबार आरोपमा जेल परेर छुटेका हुन् ।नक्कली भारु कारोबारको आरोपमा थुनिएका युनुसमाथि सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै २०६७ साल फागुन २६ गते गोली प्रहार भएको थियो । उनलाई ज्यान मार्ने उद्देश्यसहित विजय भनिने भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरेका थिए ।गोली प्रहार भएपछि छानबिनका लागि ठठित तत्कालिन एआईजी रवीन्द्रप्रताप शाह संयोजकत्वको टोलीले पुर्पक्ष अनुसन्धानका लागि राखिएका अन्सारीमाथिको गोली प्रहारमा बाह्य शक्तीको हात रहेको प्रतिवेदन बुझाएको थियो ।प्रहरी प्रवक्ता गणेश केसीले पक्राउ परेका अन्सारीबारे अनुसन्धान भइरहेको भएकाले केही घण्टापछि पूरा विवरण सार्वजनिक गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु