बबरमहललमा दोस्रो ठूलो प्रशासनिक केन्द्र बनाइने

२०७० माघ १२ गते, आईतवार


काठमाडौं, १२माघ । सहरी मन्त्रालयले राजधानीको बबरमहलपरिसरमा सिंहदरबारपछिको दोस्रो ठूलो प्रशासनिक केन्द्र बनाउने प्रस्ताव अघि सारेको छ ।विभिन्न सरकारी कार्यालय रहेको बबरमहल क्षेत्रको ५१ रोपनी जग्गामा ठूलो कम्प्लेक्स बनाउने प्रस्ताव छ । त्यहाँको ५१ रोपनीमध्ये ३४ प्रतिशत जग्गामा भवन रहनेछ ।सिंहदरबारमा नअटेका मन्त्रालय, विभाग र कार्यालयलाई त्यहाँ सार्ने सरकारी योजना छ । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्माले उक्त भवन नेपालकै अहिलेसम्मकै ठूलो हुने दावी गरे ।शर्माले जनतालाई सरकारी सेवा एकै ठाउँबाट दिन यस्तो योजना अगाडि सारिएको जानकारी दिए । ‘योजनाबारे प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन भइसकेको छ,’उनले भने,’ सम्भाव्यताबारे विस्तृत अध्ययन गर्ने योजना चालू छ ।’प्रारम्भिक सम्भाव्यता अध्ययनबारे मन्त्रालयका अधिकारी र बबरमहलस्थित कार्यालय प्रमुखबीच छलफल भएको छ । छलफलपछि प्रारम्भिक अध्ययन प्रतिवेदनमा केही संशोधन गरी थप सम्भाव्यता अध्ययन थालिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु