एमाओवादीको केन्द्रीय समितिको बैठक बस्दै

२०७० माघ १४ गते, मंगलवार

काठमाडौँ,१४ माघ । एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा आज दिउँसो २ बजेपछि बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि बोल्न बाँकी नेताहरुले आआफ्नो धारणा राख्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
वैठकमा प्रचण्डले नेताहरुको आचरण सुधार, अनुसाशन सम्बन्धि प्रस्ताव पनि पेश गर्ने कार्यक्रम छ । यसअघि प्रचण्डले आफ्नै निवास लाजिम्पाटमा सोमवार विहान केन्द्रीय कार्यालय र पूर्वपोलिट्ब्युरो सदस्यहरुसंग छलफल गरेका थिए । माघ २ गतेबाट सुरु भएको एमाओवादीको बैठक पटक पटक स्थगित हुँदै र बस्दै आएको छ । यसअघि हिजो बोलाइएको बैठक आजका लागि सारिएको थियो

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु