एमालेले संसदीय दलको नेता छान्दै
काठमाडौँ, १४ माघ। नेकपा एमालेले संसदीय दलको नेता चयनका लागि आज स्थायी समितिको बैठक बोलाएको छ ।पार्टी कार्यलय मदननगर बल्खुमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा संसदीय दलको नेता चयन, सरकार गठनका लागि सहयोग गर्न काँग्रेसले गरेको आग्रह, पार्टीको आगामी बैशाखामा हुने महाधिबेशन लगायतका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिए ।
सहमतिमा संसदीय दलको नेता चयन हुन नसके निर्वाचनमार्फत भएपनि नेता चयन गरिने ज्ञवालीले वताए । एमालेमा संसदीय दलको नेता बन्न अध्यक्ष झलनाथ खनालसहित नेता केपी शर्मा ओली र उपाध्यक्ष बामदेब गौतम दौडमा छन् ।