गणतन्त्र कार्यान्वयनको संकल्प प्रस्ताव अलपत्र
काठमाडौ, १५ माघ । आजको संविधानसभाको बैठकवाट पुन अनुमोदन गराउने भनिएको गणतन्त्र कार्यान्वयनको संकल्प प्रस्ताव अलपत्र परेको छ । पहिलो संविधानसभाको कामलाई दोस्रो संविधानसभामा बोझको रुपमा ल्याउन नहुने धारणा राख्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको दोस्रो बैठकमा ठूला तीन दलले ल्याउन लागेको गणतन्त्र कार्यान्वयन र सुदृढिकरण सम्बन्धी संकल्प प्रस्तावलाई रोकेका छन ।आजको बैठकमा सो प्रस्ताव ल्याउन लागेकोमा थापाले नयाँ सार्वभौम संविधानसभालाई बोझ बोकाउन नहुने र कोठमा बसेर गरेको छलफल आफूहरुलाई स्विकार्य हुन नसक्ने भन्दै रोकेका थिए ।आजको बैठकले संविधानसभाको एजेण्डा तय सहित सहमतिको लागि ३० सदस्यीय कार्यब्यवस्था परामर्श समिति गठन गरेको छ । जसमा नेपाली काग्रेसका चिनकाजी श्रेष्ठ, एमालेका भीम आचार्य, एमाओवादीका कृष्णबहादुर महरा सहित संविधानसभामा प्रतिनिधित्व गर्ने ३० वटै दलका सभासदहरु रहेका छन ।कार्यदलबाट आएको सो प्रस्तावलाई अध्यक्ष सुर्यबहादुर थापाले प्रस्तुत गरेपछि बैठक आगामि बुधवार ११ बजेसम्मको लागि स्थगित भएको भएको थियो ।