माओवादी पोलिटब्युरोको वैठक आजपनि
काठमाडौं,१७ माघ । नेपाल कम्युनिस्ट पार्टी–माओवादीको पोलिटव्यूरोको वैठक आज पनि पार्टी मुख्यालय बुद्ध नगरमा बस्ने बत्तैएको छ । बैठकमा पार्टीको कार्यको समीक्षा र संघर्षको एजेण्डाहरुमा छलफल हुने बताइएको छ ।
माओवादीले फागुनदेखि जिल्ला सम्मेलन र असारमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ । रामसिंह श्रीस र परि थापाले नेतृतव गरेको एकीकृत र मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबारे पनि पोलिटव्यूरोले ठोस गर्ने संभावना छ । हिजोको बैठकमा पोलिटव्यूरो सदस्यहरुले रिपोटिङ गरिसकेको बताइएको छ । बैठक आज सम्पन्न हुने बताइएको छ ।