भुसालको मागको सुनुवाई गरः सफल
काठमाडौँ । नेपाल गणतान्त्रिक जनता पार्टी अध्यक्ष युवराज पौडेल ‘सफल’ ले विगत १५ दिनदेखि भ्रष्टाचारविरुद्ध अनशनमा बसिरहेकी शारदा भुसालको मागहरू तुरुन्त पूरा गर्न सरकारसँग जोडदार माग गरेको छ । उक्त पार्टी अध्यक्ष सफलले एक विज्ञप्ति जारी गर्दै भुषालको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनको माग पूरा गराउन सरकारसँग माग गरेका हुन् । उक्त पार्टी अध्यक्ष सफलले जारी गरेको प्रेस विज्ञप्तिको पर्ूण्ा विवरण यसप्रकार छ- “भ्रष्टाचारको विरुद्धमा पटक-पटक आन्दोलन गर्दै हाल १३ दिनसम्म लगातार अनशन बसी रहनु भएकी शारदा भुषाल -झा) को अनशनप्रति नेपाल गणतान्त्रिक जनता पार्टी गम्भीर ध्यानाकर्षा भएको छ । भ्रष्टाचारमुक्त राष्ट्रको परिकल्पना गर्दै थालिएको अनशनलगायत सम्पूण कार्यक्रमप्रति हाम्रो पार्टी एक्यबद्धता रहेको समेत यसै विज्ञप्तिमार्फ् जानकारी गराउन चाहन्छौँ । साथै अनशनमार्फ् शारदा भूषाल -झा) ले उठाउनु भएको जायज मागहरूको तत्काल सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग नेपाल गणतान्त्रिक जनता पार्टी माग गर्न चाहन्छ । साथै पटक-पटक माग पूरा गर्ने झुटा आश्वासन दिँदै अनशन बस्न बाध्य पार्ने सरकारको रवैयाप्रति हाम्रो पार्टीीम्भीर खेद प्रकट गर्दै अविलम्ब भ्रष्टाचारसम्बन्धी मागहरू पूरा गराउन सरकारको ध्यानाकर्षा गराउन चाहन्छु ।”