बेलायती विकास मन्त्री नेपाल आउँदै

२०७० माघ २० गते, सोमबार


काठमाडौं, २० माघ – बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री अलान डंकन तीनदिने भ्रमणमा आज काठमाडौं आउँदैछन् । उनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत दलका नेताहरू र निजी क्षेत्रका प्रतिनिधिलाई भेट्ने कार्यक्रम छ ।गोर्खा कल्याणकारी योजनाअन्तर्गत बेलायतले सहयोग गरेको पोखरास्थित ग्रामीण खानेपानी तथा सरसफाइसम्बन्धी गतिविधि पनि उनले अवलोकन गर्ने कार्यक्रम छ । गरिबीविरुद्धको लडाइँ र आर्थिक वृद्धिको प्रयासमा नेपालको सबैभन्दा ठूलो द्विपक्षीय दाता बेलायतले कसरी सहयोग गरिरहेको छ भन्ने जानकारी लिनेछन् । उनले नेपालमा बेलायतको विकाससम्बन्धी भावी सहयोग र सन् २०१५ मा बेलायत नेपाल कूटनीतिक सम्बन्धको विशेष वर्षगाँठ मनाउनेबारे पनि छलफल गर्ने दूतावासले जनाएको छ ।
‘शान्ति निर्माणदेखि समृद्धिसम्म नेपालको प्रगतिसम्बन्धमा उहाँ एकदमै उत्सुक हुनुहुन्छ,’ बेलायती अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) का नेपाल प्रमुख गेइल मारजेट्टीले विज्ञप्तिमार्फत भनेका छन्, ‘उहाँको भ्रमणले नेपालको विकासमा बेलायतको निरन्तर प्रतिबद्धता र सहयोगमा बढी जोड दिएको छ ।’सन् २०१० मा बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्री भएयता उनको यो पाँचौ भ्रमण हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु