एमाले संसदीय दलको नेता छान्दै
काठमाडौँ, २० माघ । संसदीय दलको नेता छान्ने विषयमा नेकपा एमालेले आज केन्द्रीय कमिटीमा छलफल गर्ने भएको छ । संसदीय दलमा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले दावी गर्दै आएका छन् । खनाललाई वरिष्ठ नेता माधवकुमार नेपालले र ओलीलाई उपाध्यक्ष बामदेव गौतमले समर्थन गरेका छन । संसदीय दलको नेता केन्द्रीय समितिले नै छान्ने एमालेको परम्परा छ ।तर केन्द्रीय कमिटी बैठकबाट सहमति हुने देखिएमा एक दुई दिन चुनावी कार्यक्रम पर सार्न शीर्ष नेताहरुनै सक्रिय भएका छन । सोमबार विहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने केन्द्रीय कमिटी बैठकमा संसदीय दलको नेताकै विषयमा छलफल केन्द्रित हुने छ ।
नेताहरु दुई पक्षमा विभाजित भएको अवस्थामा बहुमत केन्द्रीय सदस्य नेपाल खनाल पक्षमा छन भने ओली गौतम पक्षमा कम सदस्यहरु छन ।