कांग्रेस–एमालेबीच शक्ति बाँडफाँडबारे आज वार्ता हुदै

२०७० माघ २४ गते, शुक्रबार


काठमाडौं, २४माघ । कांग्रेस–एमालेबीच शक्ति बाँडफाँडबारे आज वार्ता हुदै छ ,प्रधानमन्त्री निर्वाचनको दिन नजिकिँदै गर्दा सम्भावित सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र एमालेका नेताहरुले आपसी छलफलबाट सहमति खोज्ने प्रयासलाइ आज पनि जारी राख्ने भएका छन् । हिजो दुबै दलबीच हुने भनिएको वार्ता हुन नसकेपछि आज फेरि प्रयास हुने भएको हो ।यद्यपि, स्थान र समय भने सार्वजनिक भएको छैन । कडा खाले शर्त अगाडि सारिरहेका दुबै दलबीच सत्तायात्राको सहमति गर्न सहज भने छैन ।
यसैबीच, नेपाली कांग्रेसका शीर्ष नेताहरुले एमालेलाई एकपछि अर्को शर्त राखेर सरकार निर्माणलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् । मोरङ–काठमाडौं सम्पर्क समाजले गरेको कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले संविधान जारी नहुँदासम्म आफूलाई सरकारको नेतृत्व दिन सबै पक्षसँग आग्रह गरेका थिए ।
यस्तै, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री स्वीकार गरेपछि प्रधानमन्त्रीलाई काम गर्न सहज हुने गरी शक्ति बाँडफाँड गर्नुपर्ने र त्यसमा एमालेले पनि सहयोग गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु