राष्ट्रपतिको निर्वाचन हुनैपर्छः ओली

२०७० माघ २४ गते, शुक्रबार


काठमाडौ, २४ माघ । नेकपा एमालेका संसदीय दलका नेता केपी ओलीले नयाँ राष्ट्रपति र उपराष्ट्रपति छान्न तत्काल नयाँ निर्वाचन हुनुपर्ने अडान दोहो-याएका छन् ।व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता ओलीले संविधानसभा नै नयाँ भएकाले नयाँ जनादेश अनुसार सबै पदमा नयाँ निर्वाचन हुनु पर्ने जिकिर गरेका हुन् ।नेता ओलीले नयाँ जनादेशमा आइसकेपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका पदमा नयाँ जनादेशअनुसार नै निर्वाचन हुनु पर्ने अडान लिए ।उनले लोकतान्त्रिक मूल्य मान्यता मान्ने दलहरुले लोकतान्त्रिक पद्धति अनुसार नै अगाडी बढ्नु पर्ने जिकिर गरे । ओलीले सरकार निर्माणका लागि शक्ति बाँडफाँटसहितको प्रस्ताव नेपाली काँग्रेसले ल्याएपछि आफुहरु सरकार गठनका लागि जतिबेला पनि तयारी अवस्थामा रहेको बताए । उनले एमालेनै सरकारको नेतृत्व गर्न सक्षम भएपनि काँग्रेस पहिलो पार्टी भएकाले उसलाई नै त्यो अवसर प्रदान गर्न खोजिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु