कांग्रेस–एमाले सहमति, कोइराला प्रधानमन्त्रि बन्ने

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले प्रधानमन्त्री पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएका छन् ।हिजो कांग्रेस र एमालेका एक/एक नेताले प्रधानमन्त्री उम्मेदवारको फाराम लिएर गएका थिए । कोइरालाको मनोनयनका लागि काँग्रेस उपसभापति रामचन्द्र पौडेल प्रस्तावक र एमाले संसदीय दलका नेता केपी ओली समर्थक रहेका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले दिएको समयसीमाभित्र सहमतिको सरकार गठन हुन नसकेपछि अन्तरिम संविधानको धारा ३८(२) बमोजिम बहुमतीय सरकार गठनको प्रक्रिया सुरु भएको हो । नयाँ प्रधानमन्त्री चयन गर्न भोलि संसदमा निर्वाचन हुने कार्यक्रम छ ।
कांग्रेस र एमालेबीच भएको सहमति
१. १२ बुँदेदेखि अहिलेसम्म भएगरेका सहमतिलाई संस्थागत गर्न एक वर्षभित्र नयाँ संविधान जारी गर्ने।
२. अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।
३. संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने।
४. एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने।
५. एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।
६. सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।