एमाले सरकारमा नजाने

२०७० माघ २८ गते, मंगलवार

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीले नेपाली काँग्रेससँग भएको सहमतिअनुसार मन्त्रालयको बाँडफाँडमा कुरा नमिलेको भन्दै वर्तमान सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको स्थायी समितिको बैठकले गत २६ गते भएको ७ बुँदे सहमति गर्दा भएको समझदारीको भावनाअनुरूप गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राख्दै सो सहमति कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको पार्टीका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई बताए ।उनले नवनियुक्त प्रधानमन्त्रीको शपथ कार्यक्रममा पूर्व प्रधानमन्त्रीका हैसियतले मात्र सहभागी हुने पनि जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु