एमालेलाई गृहमन्त्री दिने सहमति भएको छैन: सुशील

२०७० माघ २९ गते, बुधबार


काठमाडौ, २९ माघ ।प्रधानमन्त्री सुशील कोइरालाले एमालेलाई गृहमन्त्री दिने सहमति नभएको बताएका छन् । आजको संबिधान सभा वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्रीको बिषयमा एमालेसँग छलफल गरी सहमति गरिने बताए ।बिना बिभागीय मन्त्री रामशरण महतले एमालेलाई गृहमन्त्री दिने सहमति नभएको भन्दै गृहमन्त्रीको लागि कांग्रेसको दाबी यथावत् गरेको प्रतिक्रिया दिए । ‘गृहमन्त्रीमा हाम्रो पनि दाबी हो’, मन्त्री महतले भने,’एमालेलाई दिने सहमति भएकै होइन् ।’एमाले नेता झलनाथ खनालले दुई पार्टी मिल्नुको विकल्प नभएको भन्दै सरकार सञ्चालनमा कांग्रेसले सम्मानजनक व्यबहार देखाउनुपर्ने धारणा राखे । ‘संबिधान निर्माणको लागि कांग्रेस एमाले मिल्नुको विकल्प छैन’, खनालले भने,’सरकार सञ्चालनको लागि कांग्रेसले त्यसै किसिमको व्यबहार देखाओस् ।’
एमालेको तर्फबाट गृहमन्त्री पदका दाबेदार मानिएको उपाध्यक्ष बामदेव गौतमले सबै मन्त्रालय कांग्रेसलाई दिनको लागि एमालेले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको प्रतिक्रिया दिए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी प्रतिनिधिको कुरा सुन्दा सहमति हो कि होइन भन्ने अन्यौलता सिर्जना भएको भन्दै द्विविधा अन्त्यको लागि छलफल गर्नुपर्ने बताए । ‘कांग्रेसले होइन् भन्ने हाम्रो साथीहरु हो भन्ने’, नेता नेपालले भने,’यो बिषयमा छलफल गरी टुंग्याउनुपर्छ ।’शक्ति बाँडफाँडमा कांग्रेससँग कुरा मिलेको भन्दै सोमबार कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको लागि भोट हालेको एमालेले मंगलबार कांग्रेस सहमतिबाट पछि हटेको भन्दै सरकारमा सामेल नहुँने निर्णय गरेको थियो । विरोधस्वरुप एमालेले हिजो मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु