गृह’ कुनै हालतमा दिन्न : प्रधानमन्त्री

२०७० फाल्गुन २ गते, शुक्रबार

काठमाडौं, २ फागुन :आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कांग्रेस नेताहरु शेखर कोइराला लगायतसग को भेटमा प्रधानमन्त्री सुशील कोइरालाले एमालेलाई कुनै हालतमा गृह मन्त्रालय नदिने अडान लिएका छन् । कांग्रेसका सभापति समेत रहेका उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने स्थितिमा पनि एमालेलाई गृह नदिने बताएका छन् । प्रधानमन्त्री कोइरालाले पछि आफूलाई अफ्ठेरो पर्ने भन्दै एमालेलाई गृह नदिने बताएका हुन् ।गृह विवादकै कारण एमालेले सरकारलाई दिएको समर्थन फिर्ता हुने स्थिति आएको भन्दै शेखर कोइराला लगायतका नेताहरुले भेटमा एमालेको माग पूरा गर्न भनेपछि प्रधानमन्त्रीले त्यस्तो अडान प्रस्तुत गरेका हुन् । भेटमा नेता कोइरालाले गृह छाड्न भने पछि प्रधानमन्त्री कोइराला झोक्किएका थिए ।‘गृह दिन हुने नहुने कुरा तँलाई थाहा छैन, मलाई थाहा छ’ नेता शेखरलाई प्रधानमन्त्रीले दिएको जवाफ उदृत गर्दै भेटमा सहभागी एक नेताले भने, ‘गृह दिंदा भोलि अफ्ठेरो पर्छ, समर्थन फिर्ता लिन्छन् भने लिउन् ।’भेटमा प्रधानमन्त्री कोइरालाले गृह दिने सहमतिमा आफू प्रधानमन्त्री नभएको बताएका ति नेताले जानकारी दिए । ‘एमालेलाई गृह दिने सहमतिमा मलाई समर्थन आएको होइन’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै ति नेताले भने, ‘कसलाई कुन मन्त्रालय दिने कुरै भएको छैन ।’यसअघि प्रधानमन्त्री निर्वाचित भइसकेपछि पनि कोइरालाले एमालेलाई गृह दिने कुनै सहमति नभएको सार्वजनिक रुपमा बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु