एमाओवादी हड्डीको टुक्रा कुरेर बसेको छ:गौरब

२०७० फाल्गुन ४ गते, आईतवार

काठमाडौं , ४ फागुन । नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले कांग्रेस र एमाले बिचको झगडाको फाइदा उठाएर एमाओवादी सरकारमा जाने दाउ हेरर बसेको बताएका छन् ।माओवादी चितवनले आज भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष गजुरेलले दलहरुमा संबिधान निर्माणको कुनै चिन्ता नरहेको दावी गर्दै सत्ताको लडाइमा व्यस्त बनेको आरोप लगाए । “खसी काटेको ठाउंमा मांशाहारी पशुहरु वरिपरि झुम्मिन्छन् जब काट्ने मान्छेले हड्डी वा काम नलाग्ने मासुका टुक्रा फाल्छन्, पशुहरु त्यतै झुमिन्छन्’ गौरबले भने, ‘एमाओवादी त्यही हड्डीको टुक्रा कुरेर बसेको छ ।’ संगै जनयुद्ध लडेका साथीहरुको दुदर्शा देखेर दया लागेको भन्दै उनले व्यंग्य गरे । कांग्रेस र एमालेले देलान् र खाउंला भनि एमाओवादी सरकारमा जान आतुर रहेको उनको भनाई थियो । उनले वर्तमान सत्ता गठबन्धनमा देखा परेको विवादमा कांग्रेस र एमाले दुवै पक्ष्ँको नियत सफा नरहेको बताए । ‘घिउ बेचुवाले टिनमा भरी गोबर हालेर मितलाई ठगेको थियो, तरवार बेचुवाले फलामको नभई काठको तरबार दिएछ’ गौरबले भने, ‘कांग्रेस र एमालेको यस्तै ठग मितेरीले सत्ता गठबन्धन मिलिरहेको छैन ।’
पत्रकार सम्मेलनमा फागुन १ र २ गते सम्पन्न नेकपा माओवादी चितवनको आठौं जिल्ला सम्मेलनबाट ६५ सदस्यिय जिल्ला समिति सर्बसम्मत चयन गरेको जानकारी गराईयो । जिल्ला सेक्रेटरीको जिम्मा गुणराज लोहनीलाई दिइएको छ । यसअघि जिल्ला प्रमुखमा ईन्चार्जका रुपमा तोकिने गरिएकोमा यसपटकवाट सेक्रेटरी बनाइएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु