विमान दुर्घटनावाट अपुरणीय क्षति : प्रकाण्ड

२०७० फाल्गुन ५ गते, सोमबार

काठमाडौं, ५ फाल्गुन । पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रि तथा नेकपा – माओबादीका पोलिटब्यूरो सदस्य खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले नेपाल वायू सेवा निगमको 9 N ABB ट्वीन अटर जहाज दुर्घटनावाट दक्ष्य जनशक्तिको क्षति भएको बताउदै जहाज दुर्घटनाको राजकीय र प्राविधिक कारणको युद्ध स्तरमा पहिचान गरी कडा उपचारको व्यवस्थाका साथै दुर्घटनामा परी ज्यान घुमाउनेहरुका परिवाहरुलाई यथासक्य उचित राहतको व्यवस्थागर्न नेपाल सरकार संग जोडदादार माग गरेका छन् ।
पूर्व पर्यटन तथानागरिक उड्डयन मन्त्रि तथा नेकपा – माओबादीका पोलिटब्यूरो सदस्य खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण विवरण यस प्रकार रहेको छ- “हिजो काठमाण्डौबाट पोखरा हुदै जुम्ला खलंङ्गा गइरहेको नेपाल वायू सेवा निगमको 9 N ABB ट्वीन अटर जहाज अघाँखाची जिल्लाको ढिकुरा गा.वि.स. मसिने लेकमा भएको दुर्घटनामा यात्रु र चालक दलका गरी १८ जनाको दुःखद निधन भएको घटनाले हाम्रो पार्टी कर्णाली बासी जनसमुदायहरु र आम नेपालीजनतालाई स्तब्ध तुल्याएको छ । राजनैतिक, सैन्य, स्वास्थ्य, आर्थिक, शैक्षिक, संचार, हवाई र समाजिक क्षेत्रको यति ठूलो दक्ष्य जनशक्तिको क्षति कर्णाली प्रदेश र नेपाल राष्ट्रका निम्ति अपूरणीय सावित भएको छ । देश र जनतालाई चुनौतीदिने यो घटनामा आफ्नो जीवन गुमाउनुहुने सम्पूर्ण व्यक्तित्वहरु प्रति भावपूर्ण श्रदार्ञ्जलि अर्पण गर्दछु । वहाँहरुको निधनबाट शोकमग्नआफन्तजनहरु र सम्बन्धित संस्थाका सदस्यहरु प्रतिहार्दिक सम्वेदना व्यक्तर् गर्दछु ।
जहाज दुर्घटनाको राजकीय र प्राविधिककारणको युद्ध स्तरमा पहिचान गरी कडा उपचारको व्यवस्थाका साथै दुर्घटनामा परी ज्यान घुमाउनेहरुका परिवाहरुलाई यथासक्य उचित राहतको व्यवस्थागर्न नेपाल सरकार संग जोडदार मागगर्दछु । “

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु