मन्त्रिमण्डल विस्तार गरिदै

२०७० फाल्गुन ९ गते, शुक्रबार


काठमाडौं, ९फाल्गुन । प्रधानमन्त्री सुशील कोइराला मन्त्रिमण्डल विस्तारको तयारीमा लागेको स्रोतले जनाएको छ। मन्त्रिमण्डल विस्तारको निर्णय गर्न नेपाली कांग्रेसले आज बैठक गरी साँझसम्ममा थप ८ जनालाई मन्त्री बनाइने बताईएको छ ।सत्ता साझेदार दलहरु कांग्रेस र एमालेबीच गृह मन्त्रालयका बारेमा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । प्रधानमन्त्रीलाई मत दिनुअघि एमालेलाई गृह मन्त्रालय दिने सहमति भएको भन्दै एमालेले सो मन्त्रालयमाथिको दाबी छाडेको छैन भने कांग्रेसले त्यसरी सहमति भएको कुरा अस्वीकार गर्दै गृह मन्त्रालय दिन नसकिने अडान कायम राखेको छ ।

यसैबीच, नेकपा एमालेले गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान कायमै रहेको फेरि पनि स्पष्ट गरेको छ । हिजो संविधानसभा भवन नयाँबानेश्वरमा बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेसले गृह मन्त्रालय दिने पूर्व सहमति कार्यन्वयन नगरेसम्म सरकारमा नजाने अडान दोहोर्‍याएको हो ।बैठकपछि नेताहरुले अब सरकारमा जाने भन्दा पनि आफूहरुको ध्यान संविधान लेखनमा केन्द्रित हुने वताए । अध्यक्ष झलनाथ खनालले सरकारमा सहभागिता सम्बन्धी पार्टीको अडान कायमै रहेको भन्दै कांग्रेस सहमतिबाट पछि हटेको आरोप लगाए ।बैठकले पार्टीको नवौं महाधिवेशन आगामी जेष्ठमा गर्ने निर्णय समेत गरेको छ । यसअघि एमालेले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु