नेपाल विश्व सैन्य सामथ्र्यको ७७औँ स्थानमा

२०७० फाल्गुन १० गते, शनिबार

काठमाडौ, १० फागुन । सैनिक सामथ्र्यका आधारमा नेपाल विश्वको ७७औँ स्थानमा रहेको एक अन्तर्राष्ट्रिय सस्ंथाको अध्ययनले देखाएको छ । विश्वका सैनिकसम्बन्धी अनुसन्धान गर्ने संस्था ग्लोबल फायर पावर (जिएफपी)ले आफ्नो वेबसाइटमा विश्वका विभिन्न एक सय ६ मुलुकको सैन्य सामथ्र्य सूचीकृत गरेको छ ।
वेबसाइटले सैनिक सामथ्र्य मापनका लागि सेनालाई केन्द्रीय भागमा राखेको छ । मानव स्रोत, प्राकृतिक स्रोत–साधन, भू–बनोट, भौतिक पूर्वाधार, अर्थ, हवाई, जललगायत शक्तिका विभिन्न ५० स्रोत सैनिक सामथ्र्य मापनका मुख्य आधार बनाइएका छन् ।जिएफपीले अघिल्लो वर्ष निकालेको सूचीमा भने नेपाल विश्वको ६४औँ स्थानमा थियो । त्यसवेला जिएफपीले विश्वका ६८ मुलुकलाई सैनिक सामथ्र्यका आधारमा सूचीकृत गरेको थियो । वेबसाइटका अनुसार सैनिक सामथ्र्यका आधारमा विश्वका १० शक्ति राष्ट्रलाई ‘सुपर पावर’ भनिएको छ ।यस्तो शक्तिराष्ट्रको पहिलो सूचीमा अमेरिका छ । दोस्रोमा रसिया, तेस्रोमा चीन तथा चौथो शक्तिराष्ट्रका रूपमा छिमेकी मुलुक भारत छ । पाँचौँदेखि दशौँसम्म क्रमशः बेलायत, फ्रान्स, जर्मनी, टर्की, दक्षिण कोरिया र जापान शक्तिराष्ट्रको सूचीमा छन् ।
अन्य मुलुकको तुलनामा नेपाल सैनिक सामथ्र्यका आधारले भौतिक पूर्वाधारमा पछि रहेको सो वेबसाइटले उल्लेख गरेको छ । नेपाली सेनासँग युद्धका वेला आवश्यक पर्ने युद्धट्यांक शून्य छ । ‘सुपर पावर’ अमेरिकासँग युद्धट्यांक मात्रै आठ हजार तीन सय २५ छन् । त्यस्तै, दोस्रो र तेस्रो ठूलो शक्ति रसिया र चीनसँग युद्धट्यांक क्रमशः १५ हजार ५० र नौ हजार एक सय ५० छन् । भारत र बेलायतसँग युद्धट्यांक क्रमशः तीन हजार पाँच सय ६९ र चार सय सात छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु