एमाले केन्द्रीय कमिटीको बैठक जारी
काठमाडौं, ११ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज विहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने कार्यक्रम छ ।आजको बैठकमा पनि सरकारमा सहभागिताको विषयमा छलफल हुने बताइएको छ ।हिजोको बैठकमा बोल्न बाँकी सदस्यहरुले आज आफ्नो धारणा राख्ने एमालेले जनाएको छ । हिजोको बैठकमा नेताहरुले सरकारको विषयलाई प्राथमिक नबनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।उनीहरुले कांग्रेससँग संविधान निर्माणका लागि मिलेर जानु पर्ने अवस्था र आवश्यकता भएपनि सरकारको विषयलाई प्राथमिकतामा नराख्न सुझाव दिएका हुन् ।बैठकमा अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशन र समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।