उप – सभामुखमा ओनसरी घर्ती निर्वाचित
काठमाडौ, १४ फागुन । संविधानसभाको उप – सभामुखमा एकीकृत नेकपा माओवादीकी सभासद् ओनसरी घर्ती निर्वाचित भएकि छन् ।संविधानसभामा आज भएको निर्वाचनमा घर्तीले ४ सय ८४ मत प्राप्त गरेर उपाध्यक्षमा विजयी भएकि हुन् । ४ सय ८९ जना सभासद उपस्थित रहेको बुधबारको बैठकमा नेपाल मजदुर किसान पार्टी र नेपाः राष्ट्रिय पार्टीका ५ जना बाहेक सबै सभासद्ले घर्तीको पक्षमा मतदान गरेका थिए ।घर्तीले आज नै पद तथा गोपनियकताको सपथ लिएकि छन् । उनलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधानसभा भवनमै सपथ खुवाएका थिए ।