त्रिवि मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

२०७० फाल्गुन १५ गते, बिहीबार


काठमाडौ, १५ फाल्गुन । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले विश्वविद्यालय समक्ष राख्दै आएका मागबारे बिहीबार प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ ।विश्वविद्यालयका कुलपतिसमेत रहेका कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी सङ्घका अध्यक्ष योगेन्द्रनारायण बडवरियालगायतका प्राध्यापकको टोलीले मागबारे ध्यानाकर्षण गराएको हो ।
त्रिवि प्रशासनसँग विगतमा उठाएका माग तथा मागको सम्बन्धमा प्रशासनकातर्फबाट गरिएको सहमति लामो समयसम्म कार्यान्वयन नभएको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको भेटमा संलग्न सङ्घका अध्यक्ष बडवरियाले बताए ।उनका अनुसार भेटमा विश्वविद्यालयमा करार सेवाका प्राध्यापकको स्थायी प्रक्रिया, प्राध्यापकको बढेको तलब व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।त्रिवि प्राध्यापक सङ्घ र विश्वविद्यालय प्रशासनबीच विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै केही दिन यता सङ्घको अगुवाइमा प्राध्यापकहरु विश्वविद्यालयको केन्द्रीय कार्यालयमा चरणबद्ध धर्नामा बस्दै आएका छन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु