एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

२०७० फाल्गुन १६ गते, शुक्रबार


काठमाडौं, १६ फाल्गुन । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पुन बस्ने भएको छ । बैठकमा सरकार गठनको समीक्षा र महाधिवेशनको तयारीबारे छलफल हुने जनाईएको छ । मन्त्रिमण्डल विस्तारको कारणले यसअघि दुई पटक स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।बैठक आगामी जेष्ठमा गर्ने भनिएको महाधिवेशनको तयारी, दस्तावेज लेखन लगायतका विषयमा छलफल केन्द्रित हुने भएको छ । सरकारमा पठाइएका मन्त्रीहरु अनुभवहीन भएकाले त्यसले पार्टीको रणनीति कार्यान्वयनमा असर पार्ने भन्दै केही सदस्यले आलोचना गर्ने भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु