क्रान्ति सम्पन्न भई सकेको भन्नु भ्रमः वादल

काठमाडौँ ,१७ फागुन। नेकपा- माओवादी महासचिव राम बहादुर थापा “बादल”ले नेपाली जनताको हातमा शासनसत्ता नआएसम्म नेपालमा क्रान्ति सम्पन्न नहुने बताएका छन् । गोरखाको सदरमुकाम गोरखामा शनिवार नेकपा–माओवादी गोरखाको पाँचौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव वादलले नवसंसोधनवादी र यथास्थितीवादीहरुले राजतन्त्रको अन्त्य हुनुलाई नै क्रान्ति सम्पन्न भई सकेको भनेर नेपाली जनतामाथी भ्रम छरीरहेको बताए
। नेपाली जनताले खोजी रहेको जस्तो लोकतन्त्र या जनतन्त्र नआएको उल्लेख गर्दै उनले यस अघिका परिवर्तंनहरु सकारात्मक भए पनि त्यो आमुल परिवर्तन नभएको दाबी गरे । उनले नेपाली जनताको त्याग र बलिदानी पछि पटक–पटक प्राप्त उपलब्धी संसोधनवादी नवसंशोधनवादी यथास्थीतिवादी र प्रतिक्रियावादीहरुको गद्दारीका कारण गुमेको स्मरण गर्दै हजारौ महान सहिदको वलिदानीवाट स्थापित जनयुद्धको जगलाई जोगाएर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने कार्यभार आफूहरुमा रहेको बताए । महासचिव थापाले देशको शासन सत्ता विदेशीको हातमा रहेको र नेपाली जनता नेपालको मालिक हुन नपाएको भन्दै नेपाललाई स्वातन्त्र सार्वभौम र स्वाधिन वनाउन क्रान्ति आवश्यक रहेको स्पष्ट पारे । नेपालमा सार्वहारा क्रान्तिकारीहरु बाहेक अरु कसैले पनि क्रान्ति गर्न नसक्ने भन्दै देशको शासन सत्ता नेपालका सर्वहारा दलित, महिला र पिछडीयका वर्गको हातमा ल्याउन सम्पूर्ण क्रान्तिकारीहरु एकजुट हुनुपर्नेमा उहाँले जोड दिए । उनले भने ,“हामी जनताको क्रान्ति गर्न चाहान्छौ , नेपाललाई स्वतन्त्र बनाउन चाहान्छौ , सबै खाले वर्गीय असमानता अन्त्य गर्न चाहान्छौ र नेपाली जनतालाई यो देशको मालिक बनाई आफ्नो भाग्यको फैसाला आफै गर्न सक्ने बनाउछौ ।”जुन मुलुकको निर्णय आफैले गर्न सक्दैन त्यस्तो मुलुक स्वतन्त्र र सार्वभौम हुन नसक्ने भन्दै उनले एक पूर्व प्रधानमन्त्रीले सत्तामै रहदा नेपाली जनताकै माझ यो देशको चावी मेरो हातमा छैन भन्नुले पनि यो देश पराधीन रहेको प्रमाणीत हुने महासचिव थापाको भनाई थियो ।
राजनीतिक क्रान्ति सम्पन्न नभएसम्म आर्थिक क्रान्ति सम्पन्न हुन नसक्ने भन्दै नवसंशोधनवादीहरु क्रान्तिवाट भागेर जनतामा आर्थिक क्रान्तिको भ्रम फिजाई रहेको तर आर्थिक क्रान्तिलाई केले रोकेको छ भनेर बुझ्न नसकेको उनको भनाई थियो । सुगौली सन्धी पछि नेपाली जनताले सामराज्यवाद ,विस्तारवाद र सामन्तवादहरुसंग संघष गदै आईरहेको भन्दै अहिले आन्दोलन नयाँ चरणमा पुगेको र क्रान्तिलाई पुरा गर्न सम्पूर्ण क्रान्तिकारी शक्तिले संकल्प गर्नु जरुरी रहेको बत्ताए । सम्मेलनको उद्घाटन कार्यक्रममा वोल्दै नेकपा–माओवादी गोरखाका इन्चार्ज पर्शुराम रम्तेलले नवसंशोधनवादी र यथास्थितीवादीहरु स्खलीत हुदै गईरहेको भन्दै क्रान्तिकारी शाक्तिहरुले विस्तारै हस्तक्षेप बढाउँदै लैजानु पर्ने जोड दिए । उनले क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी, पुजिँपति र यथास्थितीवादी शक्तिहरुलाई परास्त गर्नैपर्ने बताए । भोलिसम्म चल्ने सम्मेलनले जिल्लाको नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई चुस्त दुरुस्त बनाउने माओवादी जिल्ला सेक्रेटरी नारायण अधिकारी निश्चलले जानकारी दिए ।-अमृत बि.क