एमाले केन्द्रीय कमिटीको बैठक जारी
काठमाडौं, १८ फाल्गुन । पार्टीको आसन्न नवौँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । पार्टीमा देखिएको विवाद समाधान तथा पार्टीको आसन्न नवौँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठकलाई जारी राखेको हो ।बैठकमा पछिल्ला दिनमा पार्टीमा देखिएको विवाद समाधानका विषयमा केन्द्रित भई नवौ महाधिवेशनको मिति र तयारीबारे धारणा राख्न बाँकी सदस्यहरुले आ–आफ्नो धारण राख्ने छन् । बैठक पार्टी मुख्यालय बल्खुमा मध्यान्हपछि बस्नेछ ।१ सय २० केन्द्रीय कमिटीमा शनिबारसम्म १२ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । यसअघि शनिबार बसेको बैठकमा संगठन विभागले स्थायी समितिले प्रस्ताव गरेअनुसार आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्न नभ्याउने विवरण प्रस्तुत गरेको थियो ।संस्थापन पक्षले भने महाधिवेशन सानुपर्ने बाध्यात्मक अवस्था देखिने प्रस्ताव ल्याएपछि केपी ओली र बामदेव गौतम पक्षले आलोचना गरेका थिए । एमालेको स्थायी समितिले आउँदो जेठ ३ गतेदेखि पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।