एमालेको केन्द्रीय कमिटीको बैठक जारी

२०७० फाल्गुन २० गते, मंगलवार


काठमाडौं, २० फाल्गुन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहेको छ ।पार्टी मुख्यालय बल्खुमा दिउँसो बस्ने बैठकमा पछिल्ला दिनमा पार्टीमा देखिएको विवाद र नवौं महाधिवेशनको मिति र तयारी बारे छलफल हुने नेताहरुले बताएका छन् ।अध्यक्ष झलनाथ खनालसहितका केही नेताहरु महाधिवेशन सार्नुपर्ने प्रस्ताव गरेपछि एमालेमा विवाद सुरु भएको छ । केपी ओली र बामदेव गौतम पक्षले महाधिवेशन समयमा नै गर्नुपर्ने बताउँदै आएका छन् ।एमालेको स्थायी समितिले आउँदो जेठ ३ गतेबाट पार्टीको महाधिवेशन गर्ने निर्णय गरीसकेको छ । तर नेताहरुबीच सहमति हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु