एमाले केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, २१ फागुन । नेकपा एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा नवौं महाधिवेशनको मिति तय, सांगठनिक सदस्यता नवीकरणको समय थप्ने, सदस्यता वितरण, विधान संशोधन लगायतका विषयमा छलफल हुनेछ साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।
मंगलबार बोलाइएको उक्त बैठक अध्यक्ष झलनाथ खनालको व्यस्तताका कारण स्थगित भएको थियो । संविधानसभाको बैठक र पार्टी निकट पर्यटन इलाकाको बधाई कार्यक्रममा अध्यक्ष खनाल जानुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक बुधबार बस्नेगरी स्थगित भएको थियो ।गत सातादेखि जारी बैठकमा पार्टीको आगामी नवौं महाधिवेशनको मिति तय र व्यवस्थापनबारे छलफल भइरहेको छ ।