शंकरदेवमा नेविसंघ र प्रहरीबीच झडप

२०७० फाल्गुन २५ गते, आईतवार


काठमाडौं,२५ फागुन – हतियार सहित पक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतको रिहाई गर्दै बिद्यार्थीले तालबन्दी गरेपछि शंकरदेव क्याम्पसका चार हजार बिद्यार्थी कक्षाकोठामा थुनिएका छन् । स्ववियु सभापति समेत रहेका बस्नेतलाई एक साताअघि प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । अनुसन्धानका लागि भन्दै प्रहरीले म्याद थपेपछि उनका समर्थकले क्याम्पसमा तालाबन्दी, नाराजुलुश र चक्काजाम गर्दै आएका छन् ।
आइतबार बिहान पनि शंकरदेव क्याम्पसमा नेविसंघका कार्यकर्ताले उनको रिहाइको माग गर्दै तालबन्दी गरेका छन् ।तालाबन्दीपछि बिहान कक्षा लिन पुगेका बिद्यार्थी थुनिएका हुन् । शंकरदेव, त्रिचन्द्रलगायतका क्याम्पसमा केही दिनदेखि बस्नेत पक्राउको बिरोधमा झडप हुँदै आएको छ ।तर नेविसंघका अध्यक्ष रञ्जित कर्णले सुनियोजित तवरले बस्नेतालाई पक्राउ गरेको बताए । कर्णले भने ‘ प्रहरीले गलत नियतले पक्राउ गरेको छ , रमेश खरेल बर्दीवाला गुण्डाको रुपमा देखिएका छन् । ’ यसबारे आइतवार पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउने उनले बताए ।बस्नेतले आफुले लाइसेन्सवाला हतियार लिएको दावी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु